दुर्घटनामा अन्य पाँच जना यात्रु घाइते भएका छन् ।
धरानबाट इटहरीतर्फ आउँदै गरेको उक्त यात्रुवाहक बस तीव्रगतिका कारण सडकदेखि पाँच मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका विकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
घाइते पाँचैजनाको इटहरीस्थित स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । रासस










प्रतिक्रिया दिनुहोस्