Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


छोरी जन्मेपछि घर निकाला, निर्घात कुटपिट


0
Shares

कपिलवस्तु नगरपालिका–५ श्रीरामपुरकी २२ बर्षीया सविना खातुनलाई पति र ससुराले कुटपिट गरेका हुन् ।

‘छोरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे’, खातुनले दुखेसो पोखिन । तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन थालेको उनले सुनाइन ।

‘बच्चा जन्मनुअघिदेखि नै छोरी जन्मिए गार्‍हो हुन्छ, तँलाई पनि दुःख हुन्छ भन्दै मानसिक तनाव दिन्थे,’ उनले भनिन्, ‘छोरी जन्मिएपछि तँ सुखले बस्न पाउँदिनस भन्थे ।’

गत बुधवार साँझ गाउँको विवाह कार्यक्रममै श्रीमान दिलसार र ससुरा इजाहार खाँले मिलेर निर्घात कुटपिट गरेको उनका बाबु लइस पठानले बताए ।

लाठी, मुक्का र खुट्टाले कुटपिट गरी सख्त घाइते बनाएको उनले बताए । सविनाको दाँया गाला सुनिएको छ । कानमा चोट छ ।ढाड, पिठ्युँ र शरीरका विभिन्न भागमा डाम छन् ।

सख्त घाइते उनलाई माइतीले तत्कालै तौलिहवा अस्पतालमा भर्ना गराएको थियो । अस्पतालको रिफरमा भैरहवास्थित मेडिकल कलेजमा उपचार गराइएको थियो । अहिले उनी माइतमा छिन् ।
-कान्तिपुर दैनिकबाट