
सिड्नीस्थित विमानस्थलमा आतंककारी आक्रमणको तयारी गरिएका बेला प्रहरीले कारबाही गरी त्यो योजना विफल पारिदिएको हो ।
प्रहरीले आक्रमणको योजना बनाएको आशंकाका चार जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका चारै जना इस्लामिक विद्रोही संगठनसँग सम्बद्ध रहेको अनुमान गरिएको अस्ट्रेलियाको संघीय प्रहरीले जनाएको छ ।
आतंककारीले विस्फोटक उपकरण प्रयोग गरी विमानमा क्षति पुर्याउने तयारी गरेको सूचनाका आधारमा कारबाही अभियान सुरु गरिएको र आतंककारीको प्रयास असफल पार्न प्रहरी सफल भएको अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले बताएका छन् ।
उनले अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र सिड्नीसहित देशभर आतंककारीविरुद्धको अभियान तीब्र पारिएको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आतंककारीको आक्रमण योजना असफल पारे पनि अझै पनि खतरा भने रहेको सरकारी अधिकारीले बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्