
पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि नवाज सरिफले शुक्रबार मात्रै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।
नवाज सरिफको सरकारमा पेट्रोलियम मन्त्रीसमेत रहेका अब्बासीले अब ४५ दिनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् ।
पाकिस्तानी संसदले प्रधानमन्त्री चयन गरेपछि अब्बासी जिम्मेवारीबाट मुक्त हुनेछन् ।
प्रधानमन्त्रीका लागि पार्टीको तर्फबाट पन्जाबका मुख्यमन्त्री रहेका शरिफका भाइ सेहबाज शरिफले प्रतिस्पर्धा गर्नेछन् ।
सेहबाजले पहिले पञ्जाव प्रान्तको मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने छ र त्यसपछि केन्द्रीय संसद्को तल्लो सदन नेसनल एसेम्बलीको उपचुनावमा जित्नुपर्ने छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्