Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


गौरवका आयोजना लक्षित नयाँ ऐन निर्माणमा सहयोग गर्न मन्त्रीलाई ध्यानाकर्षण


0
Shares

समिति सदस्यसमेत रहेका थापा कानुनमन्त्री बनेपछि अन्य निकायबाट नयाँ ऐन बनाउन तदारुपता नदेखिएको भन्दै कानुनमन्त्रीलाई तदारुकता देखाउन समितिले आग्रह गरेको हो ।

समिति सभापति रविन्द्र अधिकारीले मन्त्री बनेकोमा बधाई दिँदै थापाले यो प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

यसअघि समितिले सबै सरोकारवालाहरुलाई बोलाएर ऐन निर्माणको मस्यौदा बनाउन निर्देशन दिएको थियो ।

यस्तै समितिले वीरगन्ज र जनकपुरको एकीकृत विकासको काम गुणस्तरीय नभएको बारे छलफल गरेको छ ।

समितिले जनकपुर र वीरगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधि, सहरी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका वैदेशीक महाशाखा प्रमुख र योजना आयोगका सहरी विकास हेर्ने सदस्यलगायतसँग छलफल गरेको हो ।

एसियाली विकास बैंकको सहयोगमा सञ्चालित सडक, ढल निर्माणलगायतका काममा गुणस्तरहीन सामग्री प्रयोग गरिएको गुनासो आएपछि समितिले पनि अनुगमन गरेको थियो ।

समितिले ठेकेदार कम्पनीले लापरबाही गरेको भन्दै त्यसमा सुधार गर्न सरकारी निकायलाई निर्देशन दिएको छ ।