२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


बैतडीमा हिमपातले राजमार्ग, विद्युत् सेवा ६ दिनदेखि अवरुद्ध


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, माघ १२ । भारी हिमपातका कारण बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वीराजमार्ग शुक्रबारदेखि अवरुद्ध भएको छ ।

शुक्रबार बिहानदेखि बैतडीको खोडपे, मोतीनगर, ढोल्यामोड र बझाङको बित्थड, देउलेकलगायतका ठाउँमा भारी हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउन जेसीबी पठाइएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए ।

अवरुद्ध राजमार्ग खुलाउन अझै केही घन्टा लाग्ने बताइएको छ । राजमार्ग अवरुद्ध हुँदा यात्रीहरु बीचबाटोमै अलपत्र परेका छन् ।

६ दिनदेखि विद्युत् सेवा अवरुद्ध

यस्तै, हावाहुरी, वर्षा र हिमपातले बैतडीमा विगत ६ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

गएको सोमबार बेलुकाको हावाहुरी र हिमपातले यहाँ विद्युत् सेवा अवरुद्ध भएको हो ।

हावाहुरी र हिमपातले बैतडीको खोडपे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारणलाइनमा रहेका तारहरु चुँडिएकाले विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । 

लगातार हिमपात र वर्षा भइरहेकाले मर्मत गर्न समस्या भएको जनाइएको छ ।

यसैबीच, शुक्रबार बिहानदेखि अवरुद्ध रहेको महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग भने शनिबार दिउँसोबाट सुचारु भएको छ ।