Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


छिट्टै अत्तालिएर आन्दोलनमा नजानोस् : नेता नेपाल


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, माघ १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसलाई छिट्टै अत्तालिएर आन्दोलनमा नजान आग्रह गरेका छन् ।

प्रेस संगठन नेपाल कास्कीद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ऐन, कानुनका विषयमा विमति भएपनि कांग्रेसलाई आन्दोलनको बाटोमा नलाग्न आग्रह गरे ।

‘देश निर्माणमा जुट्नुपर्ने समयमा कांग्रेसको आन्दोलन गर्ने सोच गलत हुनेछ’–उनले भने ।

उनले विमति भएका विषयमा छलफल गर्दै जानसकिने बताए ।

चिकित्सा शिक्षा विधेयक विधि र प्रक्रिया पुर्‍याएरै प्रतिनिधिसभाबाट पारित भएको दाबी उनले गरे ।

नेता नेपालले अनशनरत् डा. गोविन्द केसीलाई विधिको पालना गरेर अनशन तोड्नसमेत आग्रह गरे ।

उनले कम्युनस्टि पार्टीको सन्चालन एउटा निश्चित पद्धति, विधि, प्रक्रिया र सामूहिक नेतृत्वका आधारमा हुने भएपनि नेकपामा सोअनुसार हुन नसकेको उल्लेख गरे ।

‘चिकित्सा शिक्षा विधेयक डा. केसीसित भएको सम्झौताअनुसार नै’ 

सोही अवसरमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. केसीसित भएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक आएको जिकिर गरे ।

विधेयकले डा. केसीको मागको मर्म र भावना सबै समेटिएको भएपनि शतप्रतिशत भने नभएको उनको भनाइ थियो ।

उनले सरकारलाई सफल पार्नका लागि नै आफूहरुले काम गरिरहेको जिकिर गरे ।

नेता श्रेष्ठले सरकारलाई गति दिने सन्दर्भमा पार्टीभित्र कुनै मतभेद नरहेको दाबीसमेत गरे ।