
आइतबार बिहान बलम्बु प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुर भलाईरापुरका डिल्लीमान तामाङ, उदयपुर नेपालटारका मदन बहादुर तामाङ, अर्जुन तामाङ, प्रेम तामाङ र रोल्पा बुढाँगाउका प्रकाश केसी रहेका छन् ।
सो समुहले बेसीगाँउमा रहेको रहेको पुर्ण बहादुर महर्जनले संचालन गरेको श्री गणेश ईट्टाभट्टाबाट ईट्टा चोरी गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । बिहान ४ बजे पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्