३० असार २०८२, सोमबार | Mon Jul 14 2025


भेनेजुयलामा संविधानसभा चुनाव, राजनीतिक अस्थिरताले आर्थिक संकट र हिंसा बढ्दो


0
Shares

संविधानसभाबाट राष्ट्रपति निकोलस मडुरोले थप शक्ति आर्जन गर्न खोजेको भन्दै विपक्षीले चुनाव बहिष्कार गरेका छन् । सरकारले भने महिनौं लामो हिंसात्मक प्रदर्शनबाट मुलुकलाई शान्तिको मार्गमा ल्याउने एकमात्र उपाय नै संविधानसभा भएको जिकिर गरेको छ ।

५ सय ४५ सदस्यका लागि ६ हजारभन्दा बढीले उम्मेदवारी दिएपनि विपक्षीले कुनैपनि उम्मेदवार उठाएका छैनन् । मतदानको पूर्वसन्ध्यामा सरकारी आदेशको अवज्ञा गर्दै प्रदर्शनकारीले राजधानी काराकास जाने मार्गहरु बन्द गरेका थिए ।

राष्ट्रपति मडुरोले टेलिभिजन सम्बोधनमार्फत भेनेजुयलाको राजनीतिक प्रणाली कै अत्यन्त महत्वपूर्ण चुनाव भन्दै आफ्नो पक्षले भारी जित हासिल गर्ने अनुमान लगाए । विपक्षीहरुले भने मडुरोले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

तेलको धनी मुलुक भेनेजुयला गत अप्रिल यता राजनीतिक अस्थिरताका कारण आर्थिक संकटले जेलिएको छ । हिंसाका कारण सयभन्दा बढीको मृत्यु भएको छ । (एजेन्सी)