३० असार २०८२, सोमबार | Mon Jul 14 2025


मिसाइल परीक्षणको विषयमा सुरक्षा परिषद् बैठकको औचित्य छैन: अमेरिका


0
Shares

उत्तर कोरियाको मिसाइल परीक्षण रोक्न वा उसमाथि प्रतिबन्ध लगाउने विषयमा सुरक्षा परिषद् बैठकले केही गर्न नसक्ने भन्दै अमेरिकाले बैठकको औचित्य नभएको र आफूहरुले त्यसका लागि आह्वान पनि नगर्ने जनाएको हो ।

सुरक्षा परिषद्को बैठकले अन्तर्राष्ट्रिय समुदाय उत्तर कोरियालाई चेतावनी दिन वा उसको प्रतिवाद गर्न अनिच्छुक रहेको सन्देश दिने गरेको संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले बताए ।

राजदूत हेरीले वक्तव्य जारी गर्दै उत्तर कोरियाले यसअघि नै सुरक्षा परिषद्का धेरै नियम उल्लंघन गरेको भए पनि त्यसको प्रतिक्रियामा केही कारवाही नभएको बताएका छन् ।

उनले उत्तर कोरियामाथि लगाम लगाउन चीनसँग आग्रह पनि गर्नुभएको बताइएको छ ।

उत्तर कोरियासँग वार्ताको समय सकिएकाले अब उसलाई रोक्नका लागि चीनले काम सुरु गर्ने बेला आएको अमेरिकी राजदूत हेलीको भनाइ छ । (एजेन्सी)