Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


राधिकाको हत्यामा संलग्न प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैद


0
Shares

गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो । कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए तापनि कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैदको फैसला भएको जिल्ला न्यायाधीश लीलाराज अधिकारीले जानकारी दिए ।

गत माघ २२ गते पासागाड खोलामा खुकुरी प्रहार गरी राधिका सुनारको हत्या भएको थियो । लामो समयसम्मको प्रहरी अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत प्रहरी हबल्दार कमल सुनारविरुद्ध गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा गत फागुन २० गते जिल्ला अदालतमा दर्ता भएको थियो । (रासस)