Logo २४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026


प्रधानमन्त्री कार्यालयमा ‘झुटो प्रतिवेदन’


0
Shares

प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले ‘खाल्डा पुर्ने जिम्मा पाएका धेरैजसो निकायले झुटो प्रतिवेदन पठाएको बताए । ‘कतिपय प्रतिवेदन हेर्दा विश्वास नलागेर हामीले स्थलगत अध्ययन गरेका थियौं,’ घिमिरेले भने, ‘काम नभएको ठाउँको पनि काम भयो भनेर विवरण पठाएको पायौं ।’

प्रधानमन्त्री कार्यालयमा सोमबार सरोकारवाला निकायले कामको विवरण पठाएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ६८ प्रतिशत काम सकिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यस्तै सडक विभागले ८३ प्रतिशत, बागमती सभ्यताले ९० प्रतिशत र धोबीखोला करिडोर आयोजनाले ७४ प्रतिशत काम सकिएको प्रतिवेदनमा उल्लेख गरेका छन् ।
तर प्रतिवेदनअनुसार काम नभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले जानकारी दिए । –नागरिक दैनिकबाट