सहरी विकासमन्त्री प्रभु साहकैअगाडि स्थानीयबासिन्दाले कार्यकारी अधिकृत सुवेदीलाई कुटपिट गरेका हुन् ।
सहरी विकास आयोजनाको कामको अनुगमनकाक्रममा जनकपुरको विद्यापतिचोकमा निरीक्षण गरिरहेकाबेला स्थानीयले निर्माणकार्य गुणस्तरहीन भएको र सहरको सरसफाइमा ध्यान नदिएको भन्दै सुवेदीमाथि हातपात गरेका हुन् । स्थानीयले सुवेदीको लुगासमेत च्यातिदिएका छन् ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृतमाथि कुटपिट भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । त्यसलगत्तै सुरक्षाकर्मीले मन्त्री साहलाई घटनास्थलबाट बाहिर लगेका थिए ।
मन्त्रीको अनुगमनकाक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु पनि सँगै रहेकाले घटनालाई तत्कालै नियन्त्रणमा लिइएको थियो ।










प्रतिक्रिया दिनुहोस्