लामो समयदेखि मुटुरोगबाट पीडित ७० वर्षीय रामलाई मंगलबार बिहान सप्तरीको सुरुंगा नगरपालिका–४ मधुपट्टीस्थित आफ्नै निवासमा हृदयाघात भएलगत्तै आफन्तजनले लहानस्थित अस्पताल पुर्याएपनि त्यहाँ चिकित्सकले मृत घोषणा गरेको मृतकका छोरा गणेशले जानकारी दिए ।
सिरहा र सप्तरीमा भएको सिनो बहिस्कार आन्दोलनबाट चर्चित रामले भूमिहीन सुकुम्बासीको अधिकार तथा दलित अधिकारका लागि अभियान चलाउँदै आएका थिए । उनी जनचेतना दलित संगमका संस्थापक अध्यक्षसमेत थिए ।
रामको मंगलबारै गृहगाउँमा अन्तिम संस्कार गरिने परिवारजनले जनाएको छ । मृतक रामका दुई छोरा र दुई छोरी छन् । रासस










प्रतिक्रिया दिनुहोस्