व्यवस्थापिका–संसद, सुशासन समितिको मंगलबारको बैठकमा पुगेका अख्तियारका प्रमुख आयुक्त दीप बस्न्यातसँग सांसदहरुले ‘राजनीतिक तहको भ्रष्टाचारमा मौन बस्ने तथा ठूला माछा छाड्ने र साना माछा समात्ने’ प्रवृत्ति अख्तियारसँग रहेको गुनासो गरे ।
प्रतिउत्तरमा अख्यिार प्रमुख बस्नेतले अपराध सानो–ठूलो नहुने भन्दै आवश्यकताअनुसार आयोगले कारबाही गरिरहेको दाबी गरे ।
प्रमुख आयुक्त बस्नेतले भ्रष्टाचारीहरु उम्किन खोज्ने प्रवृत्ति बढेको भन्दै ‘अख्तियारले ठूलो र सानो माछा भन्नेभन्दा पनि भ्रष्टाचारलाई अपराध मानेर कारबाही गरिरहेको छ’–भने ।
सांसदहरुले २४ हजार उजुरी लिएर १४४ ओटामात्रै मुद्दा दर्ता भएको भन्दै आलोचना गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्