Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


विद्युत् उपभोक्ता र प्रहरीबीच झडप, दुई दर्जन घाइते, तीनजना पक्राउ (भिडियो)


0
Shares

नेपाल विद्युत् प्राधिकरण नयाँमिल प्रशाखा कार्यालय घेराऊ गर्नेक्रममा झडप भएको हो ।

विद्युत् प्रशाखामा तालाबन्दी गरेर सडक अवरुद्ध पारेका आन्दोलनकारीलाई हटाउनेक्रममा भएको झडपमा एक दर्जन प्रहरी र उत्तिकै संख्यामा प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये एकजना प्रहरीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

करिब २० मिनेटजति आन्दोलनरत् उपभोक्ता र प्रहरीबीच झडप भएको थियो । प्रहरीले भीडलाई तितरबितर पार्न तीन राउन्ड अश्रुग्यास प्रहार गरेको जनाइएको छ ।

त्यसक्रममा तीनओटा सवारी–साधनसमेत तोडफोड गरिएका थिए । प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।

लामो समयदेखि विद्युत् आपूर्ति नियमित नभएकोमा विद्युत् कार्यालयले विभिन्न बहानाबाजी गर्ने गरेको भन्दै उपभोक्ताहरु आन्दोलनमा उत्रिएका हुन् ।

भिडियो हेर्नुहोस्