३० असार २०८२, सोमबार | Mon Jul 14 2025


उत्तर कोरियाप्रति अमेरिका नरम ! हाम्रो दुस्मन होइन: विदेश मन्त्री


0
Shares

अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाप्रति आफ्नो कुनै भेदभाव नरहेको स्पष्ट पारेका छन् ।

उनले उत्तर कोरिया आफ्नो दुस्मन नभएको भन्दै केही विषयमा भने कुराकानी गर्न चाहेको बताएका छन् ।

उत्तर कोरियासँग वार्ता गर्ने चाहना अमेरिकाको रहेको भन्दै विदेश मन्त्री टिलर्सनले उत्तर कोरियाबाट आफूहरुलाई कुनै खतरा नभएको बताए ।

उत्तर कोरियाले हालै अमेरिकासम्म मार हान्न सक्ने क्षमताको मिसाइल परीक्षण गरेकै बेला अमेरिकाको नरम धारणा सार्वजनिक भएको हो ।

उत्तर कोरियाले पछिल्लो महिनामै दुई वटा मिसाइल परीक्षण गरिसकेको छ । (एजेन्सी)