
अफगानिस्तानको हेरातस्थित मस्जिदको प्रवेश द्वारमा पुगेर दुई जनाले विस्फोट गराएको अधिकारीहरुले जनाएका छन् ।
मस्जिदमा प्रार्थना चलिरहेका बेला प्रवेश गरेका एक जनाले अन्धाधुन्ध गोली प्रहार गरेको र अर्का एक जनाले आत्मघाती बिस्फोट गराएको अफगानी अधिकारीहरुले बताएका छन् ।
शिया समुदायको बाहुल्यता रहेको हेरातमा उनीहरुलाई नै लक्षित गरिएको बताइएको छ । घटनामा ६४ जना घाइते भएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्