
काठमाडौं, माघ ११ । १७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने अडान दोहोर्याएका छन् ।
प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएलगत्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शुक्रबार अपराह्न पत्रकार सम्मेलन गर्दै डा. केसीले १५औंपटकको अनशनमा सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नभएसम्म अनशन नतोड्ने अडान राखेको डा. केसीका सहयोगी जीवन क्षेत्रीले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगको सहमति तोडेकाले प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग पनि डा. केसीले गरेको क्षेत्रीले बताए ।
डा. केसीले आफ्नो अभियानमा जोडिन आमनागरिकलाई आह्वानसमेत गरेका छन् ।
प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पारित गरेपनि राष्ट्रियसभाबाट सुधार गर्नसकिने विश्वास डा. केसीको रहेको पनि क्षेत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्