कपिलवस्तु, माघ ११ । भुटानकी बडामहारानी आसी दोर्जी वाङमो वाङचुकले सिद्धार्थ गौतमले २९ वर्ष बिताएको कपिलवस्तुस्थित तिलौराकोटको अवलोकन भ्रमण गरेकी छन् ।
बडामहारानी वाङचुकले शुक्रबार परिवारका सदस्यसहित बुद्धस्थल तिलौराकोटको निजी भ्रमण गरेकी हुन् ।
बडामहारानीको निजी भ्रमण भएकाले सन्चारकर्मीलाई समाचार संकलनमा रोक लगाइएको थियो ।
बडामहारानीले दरबारको पश्चिमीद्वार, मुख्य दरबार क्षेत्र, पूर्वीद्वार र हाल उत्खनन् भएका क्षेत्रको अवलोकन गरेकी थिइन् ।
लुम्बिनी विकास कोषका कर्मचारी, जिल्लाका सुरक्षा निकायका प्रमुख र उत्खनन्मा सहभागी टोलीले उनलाई तिलौराकोटमा स्वागत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्