Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


सिंगो गाउँमा दुईतिरबाट पहिरो, दर्जनौं परिवार बसाइ सरे (भिडियो हेर्नुहोस)


0
Shares

-कविराज घिमिरे/ईमेज

बर्षेनी पहिरो जाँदा गाउँनै जोखिममा परेपछि स्थानीयको दैनिकी निकै त्रासपूर्ण बन्न पुगेको हो ।

धनकुटाको सागुरी गढी गाँउपालिका वडा नम्वर ६ स्थित मजुवा गाँउका वासिन्दामा बर्खा लागेसंगै पहिरोको त्रास बढेको छ ।

गाँउलाई दुई तिरवाट पहिरोले घेरेसंगै उनीहरु नत रातमा ढुक्कले निदाउननै पाएका छन् नत दिनमा ढुक्कसंग कामनै गर्न पाएका छन् ।

पाँच बर्ष अघिवाट सुरु भएको पहिरोले अहिले गाँउका पाँच परिवार बसाइ सरिसकेका छन् भने अन्य २१ परिवार जोखिममा छन् ।

त्यस्तै सयौं रोपनी कृषि योग्य जमिन समेत पहिरोले वगाइसकेको छ । पहिरोले वासै उठाएपछि आफुहरु छिमेकीकोमा शरण लिएर बसेको स्थानीय खड्ग मगर बताउँछन् ।

यता सोहि वडाको मोक्तेन गाँउपनि पहिरोको उच्च जोखिममा रहेको छ । ९० परिवारको बसोवास रहेको मोक्तेन गाँउलाई तीन तिरवाट पहिरोले घेरेको छ ।

सो गाँउका १५ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् भने केहि परिवार पहिरोकै कारण वसाई नै सरेका छन् ।

पहिरोको कारण गाँउसम्म पुग्ने सडक समेत क्षति हुँदा स्थानीय निकै कष्टकर र त्रास पुर्ण जिवन बिताइरहेका छन् ।

बर्खा लागेसंगै त्रासै त्रासकोबीच जिबन बिताउनु परेको स्थानीय रण बहादु्र मगर बताउँछन् । यी दुई गाँउ जस्तै जिल्लाका धेरै स्थानमा पहिरोको त्रास रहेको छ ।

सागुरीगढी गाँउपालिका वडा नम्वर सातको डडुवाका करिव दुई दर्जन घर परिवार तथा गर्जवा स्थित कोशि राजमार्गको पुल सहित एक दर्जन भन्दा वढी घरहरु पहिरोको जाखिममा छन् ।

यता बडा नम्वर चार स्थित लेउतीटारका करिव १५ परिवार वाढी र पहिरोको जोखिममा रहेका छन् ।

त्यस्तै धनकुटाको लेउती, अरुण तथा तमोर नदीको किनारमा अब्यबस्थीत रुपमा बसोवास गर्ने दुई दर्जन परिवार वाढीको उच्च जोखिममा छन् ।

तर जिल्लामा नत जोखिम परिवारको तथ्याङ्कनै छ नत जोखिम न्युनिकरणका लागि कुनै योजना नै छ ।

बढ्दो पहिरो नियन्त्रणका लागि गाउँपालिका सहित केन्द्रमा समेत पहल भईरहेको बडा नम्वर ६ का बडाध्यक्ष दिपक मगर बताउँछन् ।

जिल्लामा जोखिम न्युनिकरणका लागि भुसंरक्षण, जलउत्पन्न दैबिक प्रकोप लगायतका कार्यलयले बाढि पहिरो नियन्त्रयणका लागि कार्य गर्ने गरेपनि हाल सो क्षेत्रमा पहिरो नियन्त्रणका लागि कसैवाट कुनै पहल समेत भएको छैन ।

बाढि पहिरोको क्षेत्रमा काम गर्ने निकायले नियन्त्रणका लागि कुनै प्रयास नै नगर्दा जिल्लाका बिभिन्न स्थानमा रहेको बस्ती नै जोखिममा परेका छन् ।