३० असार २०८२, सोमबार | Mon Jul 14 2025


दक्षिण एसियामा अस्वाभाविक रुपमा गर्मी बढ्दै, यी हुन प्रभावित देश


0
Shares

तापक्रम वृद्धिका कारण हुने गर्मीले भारत, पाकिस्तान तथा वंगलादेश बढी प्रभावित हुने देखिएको हो ।

सन् २१०० सम्ममा यी देशको तापक्रम निकै उच्च हुने र मानिसलाई बाँच्नका लागि नै निकै संघर्ष गर्नुपर्ने देखिएको छ ।

यस क्षेत्रमा गर्मी तथा आद्रता अरु क्षेत्रमा भन्दा बढी र अस्वभाविक रुपमा बढ्दै गएको अनुसन्धानकर्ताले बताएका छन् । अनुसन्धान प्रतिवेदन साइन्स एड्भान्स जर्नलमा प्रकाशित भएको छ ।

दक्षिण एसियामा विश्वको कूल जनसंख्याको पाँच भागको एक भाग अर्थात २० प्रतिशत मानिसको बसोबास छ ।

जलवायु परिवर्तन तथा विश्वव्यापी रुपमा भइरहेको तापक्रम बृद्धि रोक्ने पक्षमा तत्काल काम नहुने हो भने यो खतराको अवस्था अझै उच्च हुने वैज्ञानिकले बताएका छन् ।

आद्रतासहितको तातो हावाको मारमा ३० प्रतिशत क्षेत्र पर्ने देखिएको छ ।

कार्बन उत्सर्जनको दर अहिले भइरहेको वा त्यो भन्दा बढेमा सन् २१०० सम्ममा दक्षिण एसियाली क्षेत्रमा वेट बल्ब तापक्रम ३५ डिग्री नजिक पुग्ने अनुसन्धाकर्ताले चेतावनी दिएका छन् ।

अहिलेको अवस्था कायम रहेमा भारतको गंगा नदी किनार आसपास, उत्तर पूर्वी भारत, बंगलादेश, चीनको पूर्वी तटीय क्षेत्र, श्रीलंकाको उत्तरी क्षेत्र र पाकिस्तानको सिन्धु घाँटीसहित दक्षिण एसियाको तापक्रम मानिसले जीवन धान्नै नसक्ने गरी बढ्ने देखिएको छ ।(एजेन्सी)