१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


आयोग असफल भए संविधान कार्यान्वयन हुन सक्दैन : प्रमुख आयुक्त यादव


0
Shares

लोकतन्त्र तथा निर्वाचन सरोकार नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा.यादवले सबैलाई मान्य हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने बताए ।

उनले जातीय पहिचान र भूगोलको विषयलाई लिएर दलहरुबीच विवाद हुनसक्ने भन्दै सबैलाई समन्वय गरेर क्षेत्र निर्धारण गर्न सुझाव दिए ।

सबैलाई समेटेर सहमतिबाटै क्षेत्र निर्धारण गरिए निर्वाचन गराउनसमेत सहज हुने उनको भनाइ थियो ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले सानातिना विषयमा नअल्झिएर चुनावमा केन्द्रीत हुन पनि दलहरुलाई आग्रह गरे ।

उनले सरकार र दलहरुले गल्ती गरेमा निर्वाचन क्षेत्र निर्धारण आयोग असफल हुने र त्यसले संविधान कार्यान्वयनको कोर्षसमेत प्रभावित हुनसक्ने चेतावनी दिए ।

अर्को एक प्रसंगमा उनले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकै पटक गर्ने अवस्था नरहेको स्पष्ट पारे ।