Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


बम समातेर फ्याँक्ने प्रहरी सहायक निरीक्षक राना सम्मानित


0
Shares

मञ्चले प्रहरी प्रधान कार्यालयमा बिहीबार एक कार्यक्रमको आयोजना गरी उनलाई नगद रु ५१ हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरेको हो ।

मञ्चका सल्लाहकार एवं नेपाल प्रहरीका पूर्वप्रहरी नायब उपरीक्षक शिवजी श्रेष्ठले उनलाई सम्मान गरेका थिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रवासको बसाइँको बाबजुद् पनि नेपाल प्रहरी संगठन र यसमा आबद्ध कर्मचारीप्रतिको भावनात्मक सानिध्यताका लागि आफ्नो स्थानबाट दिएको योगदान सराहनीय रहेको बताए ।

उनले ‘प्रहरी सहायक निरीक्षक रानाको अदम्य साहसले नेपाल प्रहरीका सदस्यको वीरता र कर्तव्यपरायणतालाई पुनः एकपटक इतिहासमा कहिल्यै नमेटिने गरी अंकित गरेको छ’–भने ।

मञ्चका सल्लाहकार श्रेष्ठले प्रहरी सहायक निरीक्षक रानाले आफ्नो बहादुरी प्रदर्शन गरी ठूलो जनधनको क्षति हुनबाट जोगाइ प्रहरी कर्मचारीकोमात्र नभइ पूर्वप्रहरी कर्मचारीलाईसमेत गौरवान्वित बनाएको बताउँदै आगामी दिनमा पनि प्रहरी संगठनको हित उन्नतिका लागि मञ्चले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनकाक्रममा दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित श्री प्रतापपुर अम्बास आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका रानाले अज्ञात व्यक्तिले प्रहार गरेको बम तत्कालै टिपेर फाल्दा केही पर खोल्सामा पुगेर विस्फोट भइ निस्क्रिय भएको थियो । रासस