Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


पहिरोले थुनिएको मराङ खोलाबाट पानी बग्न थाल्यो


0
Shares

छिमेकी मल्कवाङको सिमाना आसपासबाट खसेको पहिरोले बिहीबार दिनभर मराङ खोला थुनिएको थियो । खोला थुनिएपछि आसपासका तटीय क्षेत्रका साथै मालिका गाउँपालिकामा पर्ने म्याग्दी खोला आसपासमा रहेका बस्तीका सर्वसाधारणसमेत त्रसित भएका थिए ।

स्थानीय गमबहादुर गर्बुजाले दिएको जानकारी अनुसार पहिरोले मराङ लघु जलविद्युतको कुलोमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि करिब २० रोपनी खेतीयोग्य जमिन बगाएको छ । ‘पहिरोले थुनिएको खोला बिस्तारै खुल्यो, अहिले खतरामुक्त छ,’ गर्बुजाले भने ।

उनका अनुसार बुधबार र बिहीबार पहिरोको कारण पश्चिम म्याग्दीको जनजीवन प्रभावित बनेको थियो । बर्खाको समयमा खोला थुनिएको हल्ला चलेपछि दरवाङबासी समेत त्रसित भएका थिए ।

खोलाको माथिल्लो क्षेत्रबाट खसेको पहिरोले थुनिएको मराङ खोलाको अवस्था बुझ्न इलाका प्रहरी कार्यालय दरवाङबाट समेत प्रहरीको टोली खटिएको थियो । थुनिएको खोलाबाट पानी बिस्तारै बग्न थालेपछि जोखिम टरेको हो । खोलाबाट पानी बग्न थालेसँगै तटीय क्षेत्रमा त्रसित अवस्थामा रहेका सर्वसाधारण घर फर्किएका छन् ।