ढोरपाटन नगरपालिकाको अधिकारीचौर पाखापानीमा पहिरोमा पुरिएर ५४ वर्षीय ओमप्रकाश विकको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले विकसहित पाँच जनालाई पुरेको थियो ।
विकका तीन छोरी र श्रीमतीलाई स्थानीयले उद्धार गरे पनि विकलाई बचाउन नसकिएको स्थानीयले बताएका छन् ।
यस्तै पहिरोले निसीखोला गाउँपालिकाको देवीस्थानस्थित बाहुनगाउँका मनिराज छन्त्यालको घर पुर्दा चार जना बेपत्ता भएका छन् । दुई दिनदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ ।
पहिरोले निसीखोलाको देवीस्थानमा बढी क्षति पुर्याएको छ । बिहानमात्र देवीस्थानका गोगलाल मल्लको घर खोलाले बगाएको छ भने देवीस्थान स्वास्थ्यचौकी सहित दर्जनौं घर बाढी पहिरोको जोखिममा परेका छन् ।










प्रतिक्रिया दिनुहोस्