Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


‘सर्वोच्च अदालतमा केही दिनमै स्मार्ट प्रणाली सुरु हुने’


0
Shares

नेपाल बार एसोसियसन भक्तपुरले शुक्रबार (आज) आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले न्यायालयमा नियम, पद्धति र प्रणालीबाट व्यापक सुधार गर्दै परिवर्तनको अनुभूति गराइने बताए ।

उनले भने, ‘सेक्सपियरले बरु बहुला कुकुर मेरो अगाडि आओस् तर कानुन व्यवसायी नआओस्’ भने जस्तो कानुन व्यवसायीलाई हेर्ने दृष्टिकोण नहोस्, त्यसमा सुधार हुनुपर्छ ।’

सर्वोच्च अदालतले अब केही दिनमै ‘स्मार्ट’ प्रणाली सुरु गर्न लागिएको र त्यसबाट अदालतको एप्लिकेसन मोबाइलमा डाउनलोड गरेर मुद्दा, आदेश, निर्णय, कानुन व्यवसायी कहाँ र कुन अवस्थामा रहेका छन् भन्ने जानकारी पाउन सकिने बताए ।

२२ हजार मुद्दा अड्किएको सर्वोच्च अदालतमा मुद्दा घटाउन अब अतिरिक्त समय राति ८ बजेसम्म पनि बेन्च बस्न सक्ने बताए ।

अदालतमा विगतमा भइरहेको अनुचित कार्य एवम् संविधान मिचेर आग्रह, पूर्वाग्रहबाट प्रेरित भएर गरिएको आदेशलाई चिर्दै आफू अगाडि बढेको बताउँदै उनले नाम भित्तामा टाँसेरमात्रै जाने न्यायाधीश नभई केही गरेर जाने न्यायाधीशका रुपमा आफू जाने दृढता व्यक्त गरे ।

कार्यक्रममा जिल्ला न्यायाधीश भोजराज शर्मा, प्रजिअ द्रोण पोखरेल, वरिष्ठ अधिवक्ता बाबुराजा जोशी, नेपाल बार एशोसियसन भक्तपुरका अध्यक्ष देवेन्द्र श्रेष्ठ, अधिवक्ता खम्बबहादुर खाकी, उषा मल्ल पाठक, विवेकराज ढुंगेललगायतले न्यायालय र बार निष्पक्ष रुपमा चल्नुपर्नेमा जोड दिए । रासस