Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


काठमाडौं-निजगढ मुलुकको ‘लाइफलाइन’ सडक बन्नेछ: मन्त्री प्रधान


0
Shares

शुक्रबार राजधानीमा ‘नेपाल संवत न्हुँद राष्ट्रिय समारोह समिति’ले आयोजना गरेको कार्यक्रममा बोल्दै रक्षा मन्त्री प्रधानले काठमाडौं निजगढ सडक मुलुकको लाइफलाइन सडक हुने भन्दै सरकारले प्राथमिकताका साथ निर्माण गर्ने बताएका हुन ।

फरक प्रसंगमा उनले संविधानको कार्यान्वयन गर्नु र सबैलाई संविधान प्रति अपनत्व महसुस गराउँनु सरकारको कर्तव्य भएको समेत बताए ।

‘हिमाल पहाड तराइ सबै क्षेत्रमा बसोबास गर्ने जनताले संविधान प्रति अपनत्व महसुस गर्नु पर्छ, त्यस कारण पनि संसोधन आवश्यक छ,’ मन्त्री प्रधानले भने ।

कार्यक्रममा काठमाडौं उपत्यका बाट रक्षा मन्त्रीमा नियुक्त भएकोमा आयोजक समितिले मन्त्री प्रधानलाई बधाइ सहित सम्मान गरेको थियो ।

कार्यक्रममा समितिका लक्ष्मिदास मानन्धर, तीर्थराम डंगोल लगायतले नेवारी समुदायबाट सरकारले पहिलो पटक रक्षा मन्त्रीमा प्रतिनिधित्व गराएकोमा धन्यवाद समेत दिएका थिए ।

मन्त्री प्रधानले नेपाल संवतलाई सबैले महत्वका साथ मान्नु पर्ने भन्दै गैर नेवार समुदायको समेत यस्ता संस्थामा प्रतिनिधित्व हुनु पर्नेमा जोड दिएका छन ।