Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


वीपी राजमार्गमा दुर्घटनामा परी १ सय ५८ जनाले ज्यान गुमाए


0
Shares

राजमार्ग अन्र्तगतको सिन्धुली खुर्कोट र नेपालथोक खण्ड्मा १ सय ४५ वटा ठुला साना सडक दुर्घटना हुँदा कुल १ सय ५८ जना जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ ।

राजमार्गमा भएका सबै खाले सवारी दुर्घटनामा परी कुल ६ सय ५६ जना व्यक्तिहरु घाईते भएको सोही तथ्यांकले देखाएको छ ।

वीपी सडकमा भएका सार्बजनिक यातायातका ठुला सडक दुर्घटनाहरु मध्ये ४१ जना यात्रीहरुको एकै ठाउँमा ज्यान गएको थियो भने, दर्जनौ त्यस्ता दुर्घटनाहरु ठुलो संख्यामा मानवीय क्षति भएको सोही तथ्यांकले देखाएको छ ।

पछिल्लो ६ वर्षलाई हेर्ने हो भने वीपी राजमार्गमा अत्याधीक सडक दुर्घटना भएको देखिन्छ ।

राजमार्गमा सवारी साधनको चाप खासै नभएको अवस्थामा पनि यति धेरै दुर्घटना हुनु र मानवीय क्षति हुनुमा चालकहरुको लापर्वाही नै प्रमुख कारण भएको बताइएको छ ।

गत आर्थिक वर्षमा यस राजमार्गमा ३६ वटा सवारी दुर्घटना भएका छन । जसबाट ३१ जनाको मृत्यु भएको छ भने ४७ जना घाईते भएका छन ।

सवारी मालिक, सवारी चालक, यात्रु, स्थानीयबासी र नियम कानुनको नियमन गर्ने ट्राफिक प्रहरी देखी स्थानीय प्रशासनले चासो दिन सके आगामी दिनमा वीपी राजमार्गमा हुने दुर्घटनालाई न्युनिकरण गर्न सकिन्छ ।

वीपी राजमार्ग आफैमा साधुरो र असाध्यै घुमाउरो भएको अवस्थामा सडकलाई सहि ढंगले प्रयोग गर्न नसक्दा ठुलठुला दुुर्घटनाहरु भैरहेका छन ।

तस्वीर सौजन्य : गणेश आचार्य