-बासुदेव बर्मा/ईमेज
बर्षादमा परेको पानीका कारण उर्लिएर आएको बाढीले आफ्नो बसोबास नै सखाप पारिदिने डरका कारण उनीहरु रातभर सुत्दैनन् ।
यस पटक बर्षादको समय भएपछि एकपटक आएको बाढीले खोरिया गाउँको पश्चिम दक्षिणमा पर्ने माटोले बनेको बाँध झत्काइिदिएपछि गाउँलेलाई झन् पिरलो थपिएको छ ।
कपिलबस्तुको यशोधरा गाउँपालिका वडा नं.८ साविक सिंहखोर गाबिसको खोरियाका करिब दुई सय घरपरिवारको अवस्था बर्षेनी बर्सादको समयमा यस्तै हुने गर्दछ ।
यस पटक बर्षादको समय भएपछि एकपटक आएको बाढीले खोरिया गाउँको पश्चिम दक्षिणमा पर्ने माटोले बनेको बाँध झत्काइिदिएपछि गाउँलेलाई झन् पिरलो थपिएको छ ।
यस स्थानमा बर्षेनी आएको बाढीले धार परिवर्तन गरी घरै छेउमा पुर्याइसकेपछि उनीहरुलाई यस्तो त्रास बढेको हो ।
स्थानीयलाई एकातिर बाढी आउंदा घर डुबानमा पर्ने समस्या छदैंछ, संगसंगै छोराछोरी बाढीको भेलमा पर्ने हुनकि भन्ने चिन्ताले सताउने समेत गर्दछ ।
दशकौं बितिसक्दा पनि तिनीहरूको दुःखमा मल्हम लगाउन कोही पनि आएका छैनन् ।
आश्वासन भने सरकारी वा गैरसरकारी संस्थाबाट आए पनि तिनीहरूको पीडामा कुनै कमी भने आएको छैन ।
त्यस क्षेत्रका बासिन्दाहरूलाई बाढीको समस्याले हरेक वर्ष सताइरहेको छ, उनीहरूलाई आफ्नो परिवारको भोक टार्न पनि धौ/धौ परिरहेको छ, अधिकांश स्थानीयबासीहरुको घरबास खोलावारी भएपनि खेतबारी खोला पारी भएकाले समेत आफ्नो अन्नबाली स्याहार्न पाउने ÷नपाउने उनीहरु दोधारमा रहने गरेको स्थानीयले बताउछन् ।
५५ बर्षदेखि सोहि खोलामा डुंगा चलाउदै आएको मुसे मल्लाहले समेत पुलको निर्माण भए स्थानीयलाई राहत मिल्ने बताए ।
उक्त स्थानमा गत बर्षको श्रावण ११ गते बाणगंगा नदिमा आएको बाढिले झण्डै १ सय भन्दा बढि घर डुबानमा परेका थिए ।
बाढिले अधिकांश घर ढलेका थिए भने धान खेतीमा समेत असर गरेको थियो । सो क्षेत्रको सुबिधाका लागी भनिएपनि करिब १० किलोमिटरको दुरीमा एक मात्र बर्गदीघाटमा पक्की पुल निर्माण गरिएको छ ।
यहि पक्कि पुल निर्माण नुहंदा २०६१ साल श्रावण ३० गते बाणगंगा नदिमा आएको बाढीमा डुगां पल्टिदा १२९ जना मध्ये ८३ जनाको मृत्यु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्