Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


बाढीमा परी बेपत्ता दुईजना मृत अवस्थामा फेला


0
Shares

बाढीका कारण शुक्रबार पाल्हीनन्दन गाउँपालिका–३ स्थित नारी भन्ने स्थानीय ११ वर्षीय बालक कृष्ण गुप्ता घोलमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ५१ वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका थिए ।

दुवै जना आज घोलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसैबीच बाढीका कारण यसअघिनै बिहीबार प्रतापपुरस्थित खजुरा खोलाले बगाएर बेपत्ता भएका इब्राहिम मिया भने अझै फेला पर्न सकेका छैनन् ।

मियाको अहिलेसम्म खोजी कार्य जारी भए पनि फेला नपरेको प्रहरीले जनाएको छ । रासस