Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


नवलपरासीमा बेपत्ता दुई मृत अवस्थामा फेला


0
Shares

बाढीका कारण शुक्रबार पाल्हीनन्दन गाउँपालिका–३ स्थित नारी भन्ने स्थानीय ११ वर्षीय बालक कृष्ण गुप्ता घोलमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ५१ वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका थिए । दुवैजना शनिबार घोलमा मृत अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ ।

यसैबीच, बाढीका कारण यसअघिनै बिहीबार प्रतापपुरस्थित खजुरा खोलाले बगाएर बेपत्ता भएका इब्राहिम मिया भने अझै फेलापर्न सकेका छैनन् ।

मियाको अहिलेसम्म खोजीकार्य जारी भएपनि फेला नपरेको प्रहरीले जनाएको छ । रासस