७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


भेनेजुएलामा संविधानसभाको बैठक सुरु, विपक्षी र सुरक्षाकर्मीबीच झडप जारी


0
Shares

बैठकमा ५ सय ४५ सदस्यीय संविधानसभाको सदस्यमा राष्ट्रपति निकोलस मडुरोकी श्रीमती र छोरासमेत उपस्थित छन् ।

राजधानी काराकसस्थित संसद् भवन प्रवेश गर्न खोजेका विपक्षी प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपका क्रममा धेरै जना घाईते भएका छन् ।

शहरको अर्को क्षेत्रमा भने सरकारी पक्षमा हजारौं समर्थकले नयाँं सदस्यहरुको स्वागत गरेका छन् । मडुरोले महिनौं लामो संकट अन्त्यगरि शान्ति स्थापना गर्न संविधानसभा आवश्यक भएको बताएका छन् ।

तर, विपक्षीहरुले भने संविधान पूनर्लेखन गर्ने अधिकार रहेको संविधानसभाबाट मडुरा थप शक्तिशाली बन्ने मार्गमा अगाडि बढेको जिकिर गरेका छन् । अमेरिका तथा युरोपेली युनियनले संविधानसभाको चुनावलाई लज्जापद भन्दै राष्ट्रपति मडुरोलाई तानाशाहको संज्ञा दिएको छ । (एजेन्सी)