Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


रामेछापमा बाढी–पहिरोबाट विस्थापितलाई प्रतिपरिवार पाँच लाख : गृहमन्त्री


0
Shares

शनिबार रामेछापमा बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि उनले यस्तो निर्देशन दिएका हुन् ।

गत असार ३१ गते रामेछापको छरौतीखोलामा आएको बाढीले दुईजनाको मृत्यु भएको थियो भने दुईजना अझै बेपत्ता रहेका छन् ।

बाढी–पहिरोबाट २६ घरपरिवार विस्थापित भएका छन् । बाढी–पहिरोबाट विस्थापितहरुलाई जग्गा किन्न प्रतिपरिवार दुई लाख र घर बनाउन तीन लाख रुपैयाँ सरकारले उपलब्ध गराउने उनको आश्वासन थियो ।

यसैबीच, गृहमन्त्री शर्माले बाढी–पहिरोमा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ र विस्थापितलाई प्रतिपरिवार १० हजार रुपैयाँ वितरण गरेका छन् ।