७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


अमेरिकी हवाइ आक्रमणमा ५० जना तालिवान लडाकू मारिए


0
Shares

आक्रमणमा अन्य तीनजना घाइते भएका बताइएको छ ।

स्थानीय प्रहरी प्रमुख गुलाव मंगलले बताए, ‘मुसाखिल जिल्लाको पिरी क्षेत्रमा शुक्रबार राति अमेरिकी नेतृत्वको गठबन्धनले चलाएको हवाई आक्रमणमा ५० जना तालीवानी लडाकूको मृत्यु भएको र तीनजना विद्रोही घाइते भएका छन् ।’ उक्त क्षेत्र राजधानी काबुलबाट १५० किलोमिटर दक्षिण पूर्वमा पर्छ ।

आक्रमणमा तालीवान विद्रोहीले लुकाई राखेका केही हतियार र बन्दोबस्तीका सामान र उनीहरूले लामो समयदेखि प्रयोग गर्दै आएको आश्रयस्थल पनि नष्ट गरिएको छ ।

घटनाबारे शनिबार (आज) एक विज्ञप्ति प्रकाशित गरी अफगानी रक्षामन्त्रीले पनि पुष्टि गरेका छन् ।
विद्रोही समूहले भने यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । रासस/सिन्ह्वा