
सिन्ध प्रान्तका डा.दर्शन लाललाई अन्तरिम प्रधानमन्त्री शाहिद खकान अब्बासीले आफ्नो मन्त्रिमण्डलमा राज्यमन्त्री बनाएका छन् ।
भ्रष्टाचार काण्डमा नवाज शरिफ मुछिएपछि अब्बासी अन्तरिम प्रधानमन्त्री बनेका हुन् । उनले डा.दर्शन लालसहित शरिफको सरकारमा मन्त्री नबनेका ६ जना नयाँ अनुहारलाई पनि आफ्नो सरकारको मन्त्री बनाएका छन् ।
डा.दर्शन लाललाई खैबर पख्तुनख्वा, पन्जाब, सिन्ध र बलुचिस्तान गरि चार प्रान्तको संयोजकको जिम्मेवारी पनि तोकिएको छ । उनी सन् २०१३ मा दोस्रोपटक नवाज शरिफको पाकिस्तान मुश्लिम लीग–‘नवाज पीएमएल एन’ पार्टीका तर्फबाट अल्पसंख्यक कोटाबाट सांसद चुनिएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्