Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सरकारी कार्यालय नै मापसेका अखडाः अदालतदेखि हुलाकसम्म रक्सीका बोतल


0
Shares

झापा । जिल्ला अदालत झापा परिसरको पछिल्लो भागमा बाक्लो झाडी र जंगल जस्तै छ । त्यसको वरपर भित्तामै टाँसिएको आवस्थामा रक्सीको खाली बोत्तल छरपस्ट देखिन्छ । 

अदालत नजिकै रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयको पछाडी पनि एकै ठाउँमा थुपारिएर राखिएको रक्सीका बोतल सजिलै देख्न सकिन्छ । 

अदालत र कोष तथा लेखा नियन्त्रण कार्यालयको परिसरभित्र मात्र होइन मालपोत, हुलाक, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय र परिवार नियोजन संघलगायत कार्यालय परिसरमा पनि रक्सीका खाली बोत्तल थुप्रिएको त्यहाँ पुग्ने जोसुकैले पनि सजिलै देख्न सकिन्छ । 

झापा सदरमुकाम चन्द्रगढीस्थित अधिकांश सरकारी कार्यालय परिसरमा रक्सीका खाली बोत्तल थुपारिएको अवस्थामा भेटिएका छन् । 

प्रायः सबैजसो कार्यालय प्रमुख र कर्मचारीहरुले आफूहरु कार्यालय परिसरमा रक्सी सेवन नगरेको र आफूभन्दा पहिलाका कर्मचारीले सेवन गरेर खाली बोत्तल नहटाएको जिकिर गरेका छन् । –राजधानी दैनिकबाट