Logo २४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026


देउवालाई किर्गिस्तानको निम्तो, भारतदेखि आएर निम्तो हस्तान्तरण


0
Shares

किर्गिस्तानका राष्ट्रपति अल्मज्बेक अतम्बएभको आह्वानमा भदौ ८ र ९ मा सरकार प्रमुख, सरकारी अधिकारी विशेषज्ञ, सहयोगी संस्थाका अधिकारीलगायतको भेला हुन लागेको हो ।

चार बर्षपछि हुन लागेको यस किसिमको सम्मेलनमा भाग लिन किर्गिस्तानका राष्ट्रपतिले बन मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गरेको मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख डा। महेश्वर ढकालले बताए ।

ढकालका अनुसार नेपालका लागि राजदुत समेत रहेका मासमरगुल अदमकुल्भले भारतबाट काठमाडौं आएर प्रधानमन्त्री देउवालाई किर्गिज राष्ट्रपतिको निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् ।

चार बर्ष अघि पनि हिउँ चितुवा पाइने देशका सरकार प्रमुखको सम्मेलन विस्केटमै भएको थियो । त्यतिबेला बनमन्त्री टेकबहादुर घर्तीलगायत सहभागी भएका थिए । –कान्तिपुर दैनिकबाट