७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


उत्तर कोरियामाथि थप प्रतिबन्ध, सामान निर्यातमा पूर्ण रोक


0
Shares

उत्तर कोरियाबाट निर्यात हुने सम्पूर्ण सामानमा रोक लगाउन सुरक्षा परिषद् सहमत भएको हो । जसका कारण उत्तर कोरियामाथि नराम्रो असर पर्ने निश्चित भएको विश्लेषण गरिएको छ ।

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले यो कुनै पनि देशमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध भएको बताएका छन् ।

उत्तर कोरियाले कोइला, कच्चा धातुलगायतका सामान ठूलो मात्रामा चीनमा निर्यात गर्ने गरेको छ । यो नै उसका लागि सबैभन्दा ठूलो आयस्रोत मानिँदै आएको छ ।

उसले वार्षिक करिब ३ अर्ब डलर बराबरको सामान अन्य देशमा निर्यात गर्ने गरेको अनुमान छ । तर यस वर्ष भने चीनले उत्तर कोरियामाथि दबाब बढाउन कोइला निर्यात बन्द गरिदिएको थियो ।

उत्तर कोरियाले गत जुलाईमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिका, जापान, दक्षिण कोरियालगायतका मुलुकले आपत्ति जनाउँदै आएका थिए ।(एजेन्सी)