
दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४५ को अगस्ट ६ मा अमेरिकाले हिरोसिमामा आणविक बम प्रहार गरेको थियो ।
बमबाट हिरोसिमामा मात्रै १ लाख ४० हजारले ज्यान गुमाएका थिए । यसको तीन दिनपछि अमेरिकाले नागासाकीमा पनि अर्को बम प्रहार गरेको थियो ।
सोही घटनाको सम्झनामा जापानले हरेक वर्ष अगष्ट ६ लाई कालो दिनको रुपमा स्मरण गर्ने गरेको छ ।
जापानका मृत्यु भएकाहरुको सम्झनामा आज दियो बालेर श्रद्धाञ्जली दिनेसमेत गरिन्छ । यसै अवसरमा विश्वका कयौं राष्ट्रका प्रतिनिधी जापान पुग्ने गरेका छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्