Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


कच्चा पदार्थ आयात हुन नसक्दा सेनाको इमल्सन प्लान्ट घाटामा


0
Shares

नेपाली सेनाले आइतबार सैनिक मुख्यालय भद्रकालीमा गरेको पत्रकार सम्मेलनमा कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी प्रदिप कुमार अधिकारीले कच्चा पदार्थ आयात हुन नसक्दा इमल्सन प्लान्ट घाटामा गएको बताए ।

उत्पादन क्षमता अनुसार विष्फोटक पदार्थ उत्पादन हुन नसकेपछि पूर्वाधार निर्माणका कार्यहरुमा असर पुगेको उनको भनाइ थियो । केहिदिन अघिमात्र रक्षामन्त्री भिमसेनदास प्रधानले काठमाडौं–निजगढ फास्ट ट्रयाकका लागि चाहिने विष्फोटक पदार्थ भारतबाट आयात गर्ने बताएका थिए ।

पत्रकार सम्मेलनमा प्राड विभाग प्रमुख उपरथी होमकुमार लावतीले सेनाले जलविद्युत आयोजनामा लगानी गर्न चाहेको भए पनि कानुनले प्रबर्द्धक बन्न रोकेको बताए । नयाँ ऐन बनेपछि उर्जा क्षेत्रमा पनि सेनाले लगानी गर्ने उनले स्पष्ट पारे ।

२०३२ सालमा १ करोड २४ लाखबाट शुरु गरेको सैनिक कल्याणकारी कोषमा अहिले ३९ अर्ब ५५ करोड ५ लाख रुपैयाँ रहेको पनि सेनाले जनाएको छ । सो कोषमार्फत पोखरा र ईटहरीमा क्षेत्रीय अस्पताल निर्माण गर्ने पनि जनाइएको छ ।