
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा उत्तर कोरियाविरुद्ध ताजा प्रतिबन्ध लगाउने सहमति भएको केही सयमपछि नै चीनको यस्तो भनाइ सार्वजनिक भएको हो ।
चिनियाँ विदेशमन्त्री वाङ यी र उनका उत्तर कोरियाली समकक्षी रि योङ होबीच फिलिपिन्समा भेटवार्ता भएको थियो ।
चिनियाँ विदेशमन्त्री वाङले उत्तर कोरियाविरुद्धको प्रतिबन्ध आवश्यक भएपनि वार्ताबाट नै लक्ष्यसम्म पुग्न सकिने उल्लेख गरे । उत्तर कोरिया शान्त रहनु पर्ने भन्दै चिनियाँ विदेशमन्त्रीले थप परीक्षण गरेर विश्व समुदायलाई उत्तेजित पार्न नहुने स्पष्ट पारे ।
वाङले स्थिति संवेदनशील विन्दुमा पुगेको भन्दै अमेरिका र दक्षिण कोरियालाई पनि तनाब नबढाउन आग्रह गरे । भिटो शक्ति राष्ट्र चीनले सुरक्षा परिषद्मा केही पटक प्योङयाङ विरुद्धको प्रस्ताव रोकेको थियो ।
यसअघि उत्तर कोरियाको मिसाइल परीक्षण रोक्न चीनले कुनै भूमिका नखेलेको भन्दै अमेरिकाले आक्रोश पोखेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्