Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


अमेरिकालाई आगोको कुवा बनाउने उत्तर कोरियाको चेतावनी


0
Shares

उत्तर कोरियाको सत्तारुढ राजनीतिक दलको मुखपत्र ‘रोडोंग सिनमन’ मा प्रकाशित सम्पादकीयमा अमेरिकालाई नयाँ प्रतिबन्धको परिणाम भोग्न तयार रहन चेतावनी दिइएको हो ।

सम्पादकीयमा लेखिएको छ, ‘अमेरिका जुन दिनदेखि हाम्रो देशलाई परमाणु बम र प्रतिबन्धले डर देखाउने कोशिस गर्दछ, त्यही दिन अमेरिका आगोको एउटा कुवामा परिणत हुनेछ, जसको कल्पना पनि गर्न सकिदैंन ।’

चिनियाँ विदेशमन्त्री वाङ्ग यीले फिलिपिन्सको मनिलामा उत्तर कोरियाली समकक्षी री योङ्ग होसँग छलफल गरेको समाचार प्रकाशमा आइरहँदा उत्तर कोरियाली सत्तारुढ दलको मुखपत्रले यस्तो प्रतिक्रिया जनाएको हो ।

चिनियाँ र उत्तर कोरियाली विदेशमन्त्रीबीच भएको छलफलमा उत्तर कोरियाका तर्फबाट कस्तो प्रतिक्रिया जनाइयो भन्ने प्रष्ट भइसकेको छैन ।

अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रमलाई पछिल्लो समय निरन्तरता दिदैं आएको छ । (एजेन्सी)