Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


‘काष्ठमण्डप पुनर्निर्माणमा सरोकारवाला निकायहरुले ध्यान दिएनन्’


0
Shares

काठमाडौंमा आइतबार (आज) सरोकारवाला संघ–संस्था र स्थानीय वासिन्दाबीच भएको छलफलमा काष्ठमण्डप पुनर्निर्माण अभियानमा सरकार, पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाले चासो नदिएको आरोप लगाएको हो ।

इसापूर्व पहिलो र दोस्रो शाताब्दीको सो क्षेत्र र सातौँ शाताब्दीमा निर्माण भएको मन्दिरको जगमा बर्षा यामका कारण क्षति पुगेको भन्दै उनीहरुले महानगरपालिका, पुरात्व विभाग र प्राधिकरणले जिम्मा लिनुपर्ने बताए ।

बैशाख १२ गतेको महाभूकम्पले काष्ठमण्डपलाई ध्वस्त बनाएको थियो । भूकम्पबाट जगमा कुनै क्षति नपुगेको भएपनि केही समय यता जगमा पनि क्षति हुन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

कार्यक्रममा सहभागी काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले पुनर्निर्माणका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । कार्यक्रममा लिपी विशेषज्ञ काशिथान तमोट र वास्तुविद् सृष्टिना श्रेष्ठले पुनर्निर्माण सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।