Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


सरसफाईमा २ सय ६३ नगरपालिकालाई पछिपार्दै धनकुटा प्रथम (भिडियो)


0
Shares

सरसफाईको क्षेत्रमा देशका २ सय ६३ नगरपालिकालाई पछि पार्दै धनकुटा प्रथम बन्न सफल भएको हो ।

सरसफाईको क्षेत्रमा गत बर्ष दोस्रो भएको धनकुटा नगरपालिका यो बर्ष भने पहिलो बन्न सफल भएको हो । संघीयमामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहोरमैला प्राविधिक सहयोग ब्यवस्थापन केन्द्रले देशभरका २ सय ६३ नगरपालिकामध्ये धनकुटालाई प्रथम घोषणा गरेको हो ।

केन्द्रले फोहोर मैला ब्यवस्थापन, खानेपानी तथा ढल ब्यवस्थापन, हरियाली विकास र शहरी सौन्दर्य प्रवर्द्धन, प्रदुषण नियन्त्रण तथा संस्थागत विकास गरी ६ सूचकका आधरमा सफा शहर घोषणा गर्ने गर्दछ । यी सबै सूचकमा अब्बल ठहरिंदै धनकुटा नगरपालिका प्रथम बन्न सफल भएको धनकुटा नगरपालिकाका वातावरण सहायक विकास अधिकारीले जानकारी दिए ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्