२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


केन्द्रीय मानन्धर संघले ६६औं स्थापना दिवस मनायो


0
Shares

काठमाडौं, माघ १० । केन्द्रीय मानन्धर संघले विभिन्न कार्यक्रम गरी बिहीबार आफ्नो ६६औं स्थापना दिवस मनाएको छ ।

यसै अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा विद्यावारिधि गर्ने मानन्धर समाजका चारजनालाई प्रोफेसर रामभक्त सानुनानी मानन्धर शिक्षा पदकबाट सम्मानित गरिएको थियो ।

यस्तै, धावक वैकुण्ठ मानन्धर, मिस नेवाका विजेताहरु र निबन्ध प्रतियोगिताका विजेताहरुलाई पनि सम्मान गरिएको छ ।

केन्द्रीय मानन्धर संघ वि.सं. २०१० सालमा स्थापना भएको हो ।