पहिरोमा पुरिएर बेपत्ता हुनेमा ७७ बर्षीय धर्मबहादुर थापामगर, ३३ बर्षीया बुहारी मुना थापामगर, ४ बर्षीय नाति रविन थापामगर र घरमा काम गर्ने ७८ बर्षीय भक्तबहादुर नगरकोटी छन् ।

राति ९ बजेतिर खसेको पहिरोले स्थानीय खड्गबहादुर घले, मुना घले, दिपक घले, कान्छी मगर्नी, देवकी भुजेल, लालबहाखुर थापामगर, गोपालबहादुर थापामगर, हरि घले र यवबहादुर थापामगरको घरमा क्षति पुगेको छ ।

पहिरोमा परी लालबहादुर थापा मगर र उनकी श्रीमती बिन्दा थापामगर घाइते भएका छन् । बिन्दाको अवस्था गम्भीर छ । दर्जनौंको संख्यामा पशुपंक्षीसमेत मरेका छन् । गाउँ पुग्ने सडकसमेत पहिरोले बगाएको कारण उद्धारमा जानेहरुलाई समस्या भएको छ ।

नुवाकोटबाट खटिएको सेनाले बेपत्ताहरुको खोजी गरिरहेको र पहिरोको दलदलका कारण समस्या भएको श्रीनाथ गणका प्रमुख रोहित गुरुङले जानकारी दिए । रसुवाबाट पनि उद्धारका लागि सेना घटनास्थलमा पुगेको छ । पैरेबेशीकोे दुईओटा वस्तीमा पहिरो झरेको स्थानीयवासीले बताएका छन् ।

त्यसैगरी, पहिरोको कारण जिल्लाको ढंगेमा पनि दुईओटा घरमा क्षति पुगेको छ । साथै, धारापानी, कटुन्जे र माँझगाँउमा समेत पहिरो खसेपछि स्थानीयवासी त्रसित भएका छन् ।

बेत्रावतिभन्दा माथिको सडकको बीच–बीचमा पहिरो गएको कारण रसुवामा यातायातका साधन बन्द भएको छ । मोटरसाईकलमात्रै गुड्न मिल्ने गरी सडक भासिएकाले जिल्ला सदरमुकाम र अन्य गाउँबाट आवतजावत बन्द भएको छ ।












प्रतिक्रिया दिनुहोस्