उत्पादन बढाउन किसानले तरकारी बालीमा अत्यधिक विषादीको प्रयोग गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले चार वर्षअघि तरकारीमा विषादी परीक्षण सुरु गर्यो ।
काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा सुरु गरिएको विषादी परीक्षण अहिले सफल बन्दै गएको छ ।
तर काठमाडौं उपत्यकाभित्र कालीमाटीबाहेकका अन्य बजारमा भने तरकारीको परीक्षण नहुँदा उपभोक्ताको भान्सामा अझै विषादीयुक्त तरकारी पाक्ने गरेको आशंका छ ।
उत्पादन बढाउन कृषकले तरकारीमा अत्याधिक विषादी प्रयोग गर्न थालेपछि नियन्त्रणका लागि भन्दै सरकारले ४ वर्षअघि तरकारीमा विषादी परीक्षण सुरु गरेको हो ।
काठमाडौंको कालीमाटीस्थित तरकारी बजारबाट तरकारीमा विषादी परीक्षण सुरु गरिए पनि गत वर्षदेखि झापा, सर्लाही, पोखरा, बुटवल, नेपालगञ्ज र कैलालीमा पनि विषादी परीक्षण गरिंदै आएको छ ।
काठमाडौं उपत्यकामा विभिन्न जिल्लादेखि भारत र चिनियाँ बजारबाट समेत तरकारी भित्रिने गरेको छ ।
उपत्यकामा भित्रिने तरकारीमा अत्याधिक मात्रामा विषादी भेटीएपछी तरकारीमा विषादी मापन गर्न थालिएको हो ।
चार वर्षअघि तरकारी परीक्षण गर्दा अत्याधिक विषादी भेटिने गरेपछि पछिल्लो समयमा भने त्यसमा कमी आएको छ ।
तर पछिल्लो समयमा भने यो बजारमा आउने कुनै पनि तरकारीमा विषादी नभेटिएको दाबी गर्छन बाली संरक्षण निर्देशनालयका अधिकृत मानबहादुर क्षेत्री ।
कार्वामेट तथा अर्गानोफस्टेट गरी दुईवटा समूहमा तरकारीको परीक्षण गर्ने गरिएको छ ।
परीक्षणका क्रममा ३५ प्रतिशतभन्दा कम अंक देखिए प्रयोग गर्न मिल्ने, ३५ देखि ४० प्रतिशत देखिए केही दिन पर्खिएर मात्र खान सकिने र ४० प्रतिशतभन्दा बढी देखिएमा प्रयोगै गर्न नमिल्ने र त्यस्ता तरकारी नष्ट गर्ने गरेको क्षेत्रीको भनाइ छ ।
कालीमाटी तरकारी तथा फलफूल बजारमा विषादी परीक्षण गर्ने उपकरण राखेदेखि यहाँ भित्रिने तरकारीमा विषादी नभेटिए पनि उपभोक्ता भने विषादीयुक्त तरकारी खान अझै बाध्य छन् ।
काठमाडौंमा आयात हुने तरकारी नाकाकै बजारबाट पनि ठूलो मात्रामा बिक्री हुने गरेको छ । काभ्रेबाट आयात गरिएको तरकारी कोटेश्वर र बानेश्वरलगायतका बजारबाट बिक्री हुन्छ ।
तर त्यहाँ दैनिक ठूलो मात्रामा तरकारी बिक्री वितरण हुँदा पनि विषादी परिक्षण गर्ने उपकरण र प्राविधिक राखिएको छैन ।
उपत्यकामा कालीमाटी बाहेकका अन्य स्थानमा विषादी परीक्षण उपकरण नराखिँदा विषादीयुक्त तरकारी बिक्री वितरण नरोकिएको उपभोक्ताहरु बताउँछन् ।
एउटा बजारमा मात्र तरकारीमा राखिएको विषादी परिक्षण गरेर विषादीरहीत तरकारी बिक्री वितरण भइरहेको छ भन्ने सरकारी दाबीलाई पत्याउने आधार छैन ।
त्यसैले मुलुकका ठूलो भनिएका सबै तरकारी बजारबाट बिक्रीवितरण हुने तरकारी परिक्षण गर्नुमात्र पर्याप्त छैन ।










प्रतिक्रिया दिनुहोस्