काठमाडौं, माघ १० । प्रतिनिधिसभाअन्तर्गत्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले राखेका संशोधन प्रस्तावसहित नागरिकता विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।
बिहीबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापासहित गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिसहित सांसदहरुले दर्ता गरेको संशोधनको प्रस्तावमा दफावार छलफल सुरु भएको हो ।
बैठकमा सांसद जनार्दन शर्माले नागरिकतासम्बन्धी विधेयक संवेदनशील भएकाले विधेयकमा राजनीतिक सहमति जरुरी रहेको बताए ।
तत्काल विधेयकका कुनैपनि विषयमा आफ्नो सहमति नरहेको स्पस्ट पार्दै उनले विधेयकलाई बहुमत नभइ सर्वसम्मत् ढंगल पारित गर्नुपर्नेमा जोड दिए ।
सांसद झपड रावलले नागरिकता सम्बन्धमा संविधानले गरेको व्यवस्थाविपरीत समितिले कुनैपनि निर्णय गर्न नसक्ने भएकाले संविधान प्रतिकूल हुनेगरी कुनैपनि विषयमा संशोधन हुन नसक्ने जिकिर गरे ।
समितिका महिला सांसदहरुले भने नागरिकताका सम्बन्धमा संविधानका कतिपय बुँदा भेदभावपूर्ण रहेकाले आवश्यक परे संविधान संशोधन गर्नुपर्ने जिकिर गरेका छन् ।
सांसद हृदयेश त्रिपाठीले संविधानले व्यवस्था गरेअनुसार आमाको नाममा नागरिकता दिने कानुन निर्माण गरी कार्यान्वयन गर्न हिम्मत गर्नुपर्ने धारणा राखे ।
नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि दफाबार छलफल जारी
यसैबीच, कानुन, न्याय तथा मानवअधिकार समितिले बिहीबार पनि केही नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि दफाबार छलफल जारी राखेको छ ।
समितिको छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसहित विभिन्न मन्त्रालयका प्रतिनिधि सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्