
दक्षिण कोरियाका विदेशमन्त्री काङ योङ कुङले आफ्ना उत्तर कोरियाली समकक्षी रि योङ हुसँग फिलिपिन्समा वार्ताको प्रस्ताव राखेका थिए । तर, प्रस्ताव अविश्वासिलो भन्दै उत्तरले वार्तामा बस्न अस्वीकार गरेको हो ।
शत्रुतापूर्ण सम्बन्ध रहेका दुई कोरियाका विदेशमन्त्रीबीच मनिलामा आयोजित आसियान सम्मेलनकाक्रममा अनौपचारिक ‘साइडलाइन’ वार्ता भएको थियो ।
अमेरिकाको चुनौती रहेसम्म आफ्नो आणविक कार्यक्रमका विषयमा कुनैपनि वार्ता नहुने उत्तर कोरियाको सरकारी सन्चारमाध्यमले जनाएको छ ।
उत्तर कोरियाले संयुक्त राष्ट्रसघंको ताजा प्रतिबन्धले आफ्नो सार्वभौमिकताको उल्लंघन भएको भन्दै यसलाई पनि अस्वीकार गरेको छ ।
केही समययता प्योङयाङले लगातार लामो दूरीको मिसाइल परीक्षण गरिरहेको छ ।
आइतबार (हिजो)मात्र चीनले उत्तर कोरियालाई मिसाइल परीक्षण रोक्न दबाब दिएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्